काठमाडौं। बाराबाट सुनजस्तो देखिने धातुसहित तीन जना पक्राउ परेका छन् । बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-२ स्थित बिकास शिल चोकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब ६ सय ५८ ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा जितपुर सिमरा उपमहानगरपालिका-१८ बस्ने ५४ वर्षीय राधेश्याम माझी र गोरखा, गोरखा नगरपालिका-१ बस्ने ३८ वर्षीय यदु कुमार विक रहेका छन् ।
इलाका प्रहरी कार्यालय सिमराबाट खटिएको प्रहरीले माझीको ज्याकेटको खल्तीबाट रूमालमा लुकाई छिपाई राखेको उक्त धातु फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।
त्यस्तै, कास्कीकाे पोखरा महानगरपालिका-३० पावरहाउस नजिकबाट सुन जस्तो देखिने पहेँलो धातु करिब १० तोला ६ लाल र नगद ३६ हजार रुपैयाँसहित पाल्पा रम्बादेबी गाउँपालिका-३ घर भई पोखरा महानगरपालिका-१ मोहोरिया टोल बस्ने २४ वर्षीय दिलिप गहतराजलाई गए राति प्रहरीले पक्राउ गरेको छ ।
वडा प्रहरी कार्यालय गगनगौँडाबाट खटिएको प्रहरीले भैरहवाबाट पोखरातर्फ आउँदै गरेको लु.२ ख १२६ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई २ वटा ढिक्का, २ वटा गोलो रिङ, २ वटा सानो सानो टुक्रामा राखेको उक्त परिमाणको धातुसहित फेला पारी पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
काठमाडौँ । इटहरी उपमहानगरपालिका-१३ गणेश पेट्रोलपम्प नजिक ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका-९ का २७ वर्षीय स्पर्स...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन जनकपुरधामको गंगा सागर जाने भएका छन् । तिहार, नेपाल संवत् तथा छठ...
काठमाडौँ । सामाजिक सुरक्षा भत्ता वितरणमा ३१ लाख ६७ हजार २०० रुपैयाँ हिनामिना गरेको आरोपमा ओखलढुंगाको लिखु गाउँपालिकाका तीन तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित पाँच...
काठमाडौँ। प्रहरी महानिरीक्षक डा. मनोजकुमार केसीले चाडपर्वलाई लक्षित सुरक्षा योजना प्रभावकारी रूपमा कार्यान्वयन गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिएका छन्। आइतबार नेपाल पुलिस क्लब भृकुटीमण्डपमा काठमाडौं...
काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहकी धर्मपत्नी सविना काफ्लेले राजनीतिक तथा वैचारिक सिद्धान्त फरक भए पनि सबै नेपालीको साझा उद्देश्य देशप्रेम र नेपालको विशिष्ट पहिचान...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend