Nepal Face
  • आइतबार, १० साउन २०८३
  • नेपालमा काेराेना संक्रमणले ज्यान गुमाउने संख्या ८ सय ४७ पुग्यो


    आइतबार, कार्तिक ९ २०७७
    695
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं- नेपालमा एकै दिन थप ५ जना कोरोना संक्रमितको मृत्यु भएको छ। 

    यो सँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ८ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

    पछिल्लो २४ घण्टामा देशभर २ हजार ८५६ जना कोरोना संक्रमित भएका छन्। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कुल संक्रमितको संख्या १ लाख ५८ हजार ८९ जना पुगेको छ। 

    पछिल्लो २४ घण्टामा १२ हजार ३११ जनाको पिसिआर परीक्षण भएको छ।

    संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ३ हजार ३३६ छ। योसँगै हालसम्म १ लाख ८ हजार ३३४ जना निको भएका छन्। 

    आज देशभर ४६ हजार ६९१ जना सक्रिय संक्रमित छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार