Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नक्कली मदिरा बनाउने दुई कारखानामा प्रहरीले मार्यो छापा, ९ जना पक्राउ


    बुधबार, माघ ३ २०८०
    955
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रहरीको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौंका विभिन्न ठाउँहरूबाट नक्कली मदिरा बनाउने गिरोहलाई पक्राउ गरेको छ ।

    नक्कली मदिरा बनाउने कारखानासहित ९ जनालाई आज नियन्त्रणमा लिएको कार्यालय स्रोतले बतायो । उनीहरूले महंगो ब्रान्डका मदिराको बोतलमा नक्कली मदिरा मिसाएर बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

    पक्राउ पर्नेहरूमा दुई वटा कारखानाका संचालकसहित ९ जना छन् । उनीहरूलाई प्रहरीले आज नै सार्वजनिक गर्ने जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार