Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इरानले गर्यो पाकिस्तानमा हवाई हमला, २ बालबालिकाको मृत्यु


    बुधबार, माघ ३ २०८०
    1.3K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । पाकिस्तानको बलुचिस्तानमा इरानले हवाई हमला गरेको छ । आतंकवादी संगठन जैश अल अदललाई लक्षित गरी मिसाइल आक्रमण गरेको इरानले जनाएको छ ।

    उक्त आक्रमणबाट दुई बालबालिकाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

    इरानको सरकारी समाचार एजेन्सी आईआरएनएले पाकिस्तानमा मिसाइल र ड्रोनमार्फत् हवाई हमला गरेको समाचार सार्वजनिक गरेको थियो । तर पछि उसले त्यो समाचार हटाएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

    सन् २०१२ मा स्थापना भएको यो संगठनले इरानको सीमा क्षेत्र मा आक्रमण गर्दै आएको छ । र, संगठनका नेताहरु पाकिस्तानमा बस्ने गरेको दाबी इरानको छ ।

    पाकिस्तानले भने इरानले हवाई क्षेत्र अकारण नाघेर आक्रमण गरेको र पाकिस्तानको सम्प्रभुताको उल्लंघन गरेको जनाएको छ । साथै यो आक्रमणको इरानले गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी पनि दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार