Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घरजग्गाको कारोबार बढ्यो, पुसमा मात्रै तीन अर्ब २० करोड राजस्व संकलन


    मंगलबार, माघ २ २०८०
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । घरजग्गा कारोबार नीतिलाई सरकारले सहज बनाएसँगै किनबेच पनि बढ्न थालेको छ । चालु आर्थिक वर्षको पुस र मंसिरको तुलनामा घरजग्गा कारोबार बढेको हो ।

    भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७७ पटक घरजग्गा कारोबार (लिखित पारित) भएको छ भने तीन हजार ९०९ पटक नामसारी भएको छ ।

    गत मंसिरमा भने ४१ हजार ८५१ पटक घरजग्गाको कारोबार भएको थियो । त्यस्तै, तीन हजार २२४ पटक नामसारी भएको थियो ।

    यसैगरी यसरी नामसारी र कारोबार बढ्दा मंसिरको तुलनामा सरकारले पाउने राजस्व पनि बढेको छ । पुसमा घरजग्गा कारोबारबाट तीन अर्ब २० करोड ५२ लाख रुपैयाँ राजस्व प्राप्त भएको थियो भने मंसिरमा दुई अर्ब ८६ करोड ५० लाख रुपैयाँ राजस्व सरकारलाई प्राप्त भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार