Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतमा एक युवकको शंकास्पद मृत्यु


    मंगलबार, माघ २ २०८०
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सुर्खेत। सुर्खेतको पञ्चपुरी नगरपालिका–६ कुवापानीमा एक युवक मृत अवस्थामा भेटिएका छन्। सोही गाउँका १८ वर्षीय भरत बुढा मृत फेला परेका हुन्।

    गएरातिको घटना भएपनि मंगलबार राति १ बजे मात्रै प्रहरीलाई खबर गरिएको थियो।

    उक्त घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए।

    उनका अनुसार घटनाको बारेमा अनुसन्धान जारी रहेपनि अहिलेसम्म शंकास्पद व्यक्ति विरुद्ध जाहेरी आइसकेको छैन।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार