Nepal Face
  • आइतबार, १० साउन २०८३
  • भंगहा-जयनगर रेलभित्रै लडेर एक यात्रुको ज्यान गयो


    मंगलबार, माघ २ २०८०
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जनकपुरधाम। भंगहा-जयनगर रेलभित्रै अचानक लडेर एक यात्रुको ज्यान गएको छ ।

    मृत्यु हुनेमा महोत्तरीको लोहरपट्टी नगरपालिका ४ खुट्टापिपराढीका अन्दाजी ५० वर्षीय रामएकवाल पण्डित रहेको धनुषाका प्रहरी प्रवक्ता डिएसपी रञ्जन अवाले जानकारी दिए ।

    उनका अनुसार आज बिहान ८ बजे महोत्तरीको भंगहाबाट जयनगर तर्फ जान लागेको रेलमा पण्डित लोहारपट्टीमा चढेका थिए ।

    टिटी (रेलको कन्डक्टर)ले टिकट चेक गर्न जाँदा अचानक रेलको डिब्बाभित्रै लडेर उनको मृत्यु भएको जानकारीमा आएको डिएसपी अवाले बताए ।

    मृतक पण्डितको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल जनकपुरमा राखिएको छ ।

    उक्त घटनाको विषयमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार