Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दशैंको समयमा ललितपुरमा सडक दुर्घटना, एक जनाको मृत्यु


    आइतबार, कार्तिक ९ २०७७
    775
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दशैंको माहोल व्याप्त भैरहँदा शनिबार ललितपुरमा एउटा गम्भीर सडन दुर्घटना भएको छ ।  सो दुर्घटनामा एक जनाको मृत्यु भएको छ।

    ललितपुर महानगरपालिका-४ नख्खुस्थित सडकमा बा८च १५८१ नम्बरको कारले को२९प ५०६२ नम्बरको मोटरसाइकललाई शनिबार साँझ ठक्कर दिएको थियो। ठक्कर दिँदा मोटरसाइकल चालक सोही महानगरपालिका-१४ थसिखेल बस्ने सिरहा घर भएका २८ वर्षीय एलु घलेको मृत्यु भएको हो।

    दुर्घटनामा गम्भीर घाइते भएका घलेको पाटन अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ। दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार सोही महानगरपालिका-४ जावलाखेल बस्ने मकवानपुर घर भएका २१ वर्षीय सजित परियारको भने उपचार भैरहेको छ।

    कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार