Nepal Face
  • आइतबार, १० साउन २०८३
  • टुँडिखेलमा भागदौड हुँदा आठ जना घाइते


    सोमबार, माघ १ २०८०
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं। माघी मनाउन टुँडिखेलमा जम्मा भएकाहरूबीच भागदौड हुँदा आठ जना घाइते भएका छन् ।

    टुँडिखेलमा माघे सङ्क्रान्तिको अवसरमा थारु र मगर समुदायले आयोजना गरेको छुट्टाछुट्टै कार्यक्रममा सहभागीबीच भागदौड हुँदा उनीहरू घाइते भएका हुन् ।

    घाइतेहरूको उपचारका लागि वीर अस्पतालको ट्रमा सेन्टरमा भर्ना गरिएको प्रहरीले जनाएको छ । महोत्सव स्थलमा प्रवेश गर्ने र बाहिरिनेबीच धकेलाधकेल हुँदा उनीहरू घाइते भएको प्रहरीको भनाइ छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार