Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • यस वर्ष खुलेन हनुमानढोकाको तलेजु भवानी मन्दिर


    आइतबार, कार्तिक ९ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । यस वर्ष तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला भएन । काठमाडौंको हनुमानढोका दरबारमा रहेको तलेजु भवानीको भन्दिर कोरोना संक्रमण जोखिमकै कारण सर्वसाधारणका लागि खुला नगरिएको हो ।

    यो मन्दिर प्रत्येक वर्ष अश्विन शुक्ल नवमी अर्थात महानवमीका दिन मात्र खुल्ने परम्परा छ । बडादशैंको नवमीको दिन मात्रै खुल्ने भएकाले आजको दिन दर्शनार्थीहरुको भीड लाग्ने गर्थ्यो । यसअघिका वर्षहरुमा नवमीका दिन दर्शनार्थीहरुले रातिदेखि नै लाइन बसी दर्शन गर्दै आएका थिए । तर कोभिड संक्रमणको जोखिमका कारण यस वर्ष भवानीको नित्य पूजा भए पनि सर्वसाधारणका लागि खुला नगरिएको हो ।

    तलेजु मन्दिरमा पूजाआजा गर्न सर्वसाधारणलाई रोक लगाइए पनि भक्तालुहरुले भने बन्द मन्दिरको मूल ढोकामा पूजा गरिरहेका थिए । मनोकांक्षा, भाकल पूरा हुने विश्वासमा तलेजु भवानीलाई पूजा गर्ने चलन छ । नेपालभरी भएका देवी शक्ति मन्दिरहरुमध्ये तान्त्रिक विधिअनुसार पूजा हुने केही मन्दिरमा तलेजु भवानी पर्दछ ।

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार