Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनुषामा श्रीमान् मृत फेला, श्रीमती सख्त घाइते


    सोमबार, माघ १ २०८०
    1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • जनकपुरधाम । धनुषामा एक पुरुष मृत भेटिका छन् भने उनकी श्रीमती सख्त घाइते अवस्थामा भेटिएकी छन् ।

    महोत्तरीको लोहारपट्टी नगरपालिका-३ महदैयाका राधे सहनी मृत फेला परेका हुन् । उनकी श्रीमती अस्मिता सहनी सख्त घाइते अवस्थामा रहेको इलाका प्रहरी कार्यालय सखुवा महेन्द्रनगरका प्रहरी निरीक्षक दिपक कार्कीले जानकारी दिए ।

    प्रहरी निरीक्षक कार्कीका अनुसार धनुषाको क्षिरेश्वरनाथ नगरपालिका-३ पकडियास्थित गहुँ खेतमा आज बिहान राधे मृत फेला परेका हुन् । श्रीमतीको भने प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको छ ।

    राधेको ससुराली घर क्षिरेश्वरनाथ नगरपालिका पकडिया हो । चार महिनाअघि मात्र राधे र अस्मिताले प्रेम विवाह गरी क्षिरेश्वरनाथ नगरपालिकास्थित महेन्द्रनगरमा डेरा गरी बस्दै आएका थिए ।

    केही साथीसँगै ससुराली घर पकडियाबाट महेन्द्रनगर डेरामा रमाइलो गर्नुपर्छ भनेर श्रीमतीसहित राधे निस्केका थिए । त्यही क्रममा राधे मोटरसाइकल दुर्घटनामा परेको जस्तो देखिएको प्रहरीले जनाएको छ ।

    राधेसँगै गएका दुई जना साथीहरू भने फरार भएका छन् र उनीहरूको खोजी भइरहेको प्रहरी निरीक्षक कार्कीले बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार