Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • आमाको हत्या गर्ने छोरा पक्राउ


    आइतबार, कार्तिक ९ २०७७
    915
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कन्चनपुर ।  घरायसी विवादमा पुनर्वास नगरपालिका –३  सुकुम्बासी बस्तीकी  महिलाको उनकै छोराले कुटपिट गरी हत्या गरेका छन् ।  साठी वर्षीया पार्वती वादीको शनिबार राति ३० वर्षीय पप्पुले हत्या गरेको आरोप लगाइएको छ  ।

         जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापा क्षेत्रीका अनुसार विवाद हुँदा पप्पुले पार्वतीलाई कुटपिटसँंगै टाउकामा बञ्चराले हिर्काउँदा उपचारका क्रममा सेती प्रादेशिक अस्पताल धनगढीमा मृत्यु भएको हो । अभियुक्त पप्पुलाई पक्राउ गरी अनुसन्धान भइरहेको उहाँले बताउनुभयो । उनलाई इलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीको हिरासतमा राखिएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार