Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नेकपाका नेता  शर्मालाई कोरोना संक्रमण, शान्ता चौधरीले कोरोनालाई जितिन् 


    आइतबार, कार्तिक ९ २०७७
    685
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालीको महान पर्व दशैंको अवसरमा हजारौंको संख्यामा दैनिक कोरोना संक्रमणको शिकार भइरहेका छन् । कोरोना संक्रमणको शिकार हुनेमा नागरिकदेखि नेता, कलाकार सबै छन् । यसैक्रममा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का नेता तथा पूर्वमन्त्री जनार्दन शर्मालाई कोरोना संक्रमण भएको छ । 

    शर्माले आइतबार बिहान सामाजिक सञ्जाल फेसबुकमार्फत् आफूलाई कोरोना भाइरस संक्रमण भएको जानकारी गराएका छन् ।

    ‘कोरोना परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको जानकारी गराउँदछु,’ फेसबुकमा उनले लेखेका छन्, ‘केही दिनयता मसँग सम्पर्कमा आउनु भएका महानुभावहरुलाई सतर्क रहन र कुनै समस्या देखिएमा कोरोना परीक्षण गरी ढुक्क हुन अनुरोध गर्दछु ।’

    त्यस्तै दशैको सम्मुखमा जनता समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराई र उनकी पत्नी हिसिला यमीलाई कोरोना संक्रमण भएको छ । 

    नेकपाकी सांसद शान्ता चौधरीले कोरोनालाई जितेकी छन् । यसअघि क्यान्सरलाई जितेकी उनलाई कोरोना संक्रमण भएको थियो । अस्पतालको आइसीयुमा उपचार गराउनुपर्ने अवस्थामा पुगेकी उनले कोरोनालाई उच्च आत्मबलले जित्न सफल भएकी छन् । कलाकार हरिबंश आचार्य र उनकी पत्नीले पनि कोरोनालाई जितेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार