Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • तलेजुमा बलिरहित पूजा, लगिएन दशैँघर


    शुक्रबार, कार्तिक ७ २०७७
    1.1K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • भक्तपुर । यहाँस्थित तलेजु मन्दिरमा शुक्रबार बलिरहित पूजा सम्पन्न गरिएको छ । हरेक वर्ष बडादशैँको. फूलपातीको दिन तलेजुमा ५४ बोका, ३२ राँगो र ३२ हाँस बलि दिने गरिए पनि यस वर्ष भने बलि नदिई पूजा गरिएको मूल नाइके नरेन्द्रप्रसाद जोशीले जानकारी दिए । 

    तलेजुमा राजोपाध्याय, जोशी र कर्माचार्य पुजारीले नरिवल र हाँसको अण्डा चढाएर पूजा गरेको उनले जानकारी दिए । गुठी संस्थानका खर्चमा हुने वर्षौँदेखि चल्दै आएको बलि दिने परम्परा यस वर्ष कोरोना भाइरस सङ्क्रमणका कारण रोकिएको हो । 
        
    तलेजुलाई मूल चोकको दशैँघरमा विराजमान गराउने वर्षौँदेखिको परम्परासमेत रोकिएको छ । यस वर्ष तलेजुलाई मूल घरबाट बडादशैँ घर नलगिएको मूल नाइके जोशीले जानकारी दिए । 

    त्यसैगरी यस वर्ष कुमारीलाई काठमाण्डौंस्थित कुमारीघरमै राखिएको छ । कुमारीलाई फूलपातीको दिनदेखि तलेजुमा राख्ने परम्परा भए पनि यस वर्ष भने  ल्याइएको छैन । यस वर्ष कुमारी जीविका बज्राचार्यलाई क्वाठण्डौँमा नै राखेर पूजा गरिएको छ ।

     

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार