Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कोरोना संक्रमित मुख्यमन्त्री हेलिकप्टरबाट काठमाडौंमा


    शुक्रबार, कार्तिक ७ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं। कोरोना संक्रमण भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौं ल्याइएको छ।

    ७५ वर्षीय मुख्यमन्त्री पौडेललाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हो। उनलाई शुक्रबार दिउँसो नेपाली सेनाको हेलिकप्टरमा काठमाडौं ल्याइएको हो।

    मुख्यमन्त्री पौडेललाई  गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको उनका प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए।

    केही दिनअघि मुटुको शल्यक्रिया गरिएका कारण मुख्यमन्त्री पौडेललाई अप्ठ्यारो हुनसक्ने भन्दै काठमाडौं ल्याइएको हो।

    होम आइसोलेसनमै रहेका पौडेलको स्वास्थ्यमा अहिलेसम्म खासै समस्या नदेखिएको पनि दाहालले जानकारी दिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार