Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • स्वास्थ्य मन्त्रालयले पाँच दिनसम्म कोरोना अपडेट नगर्ने


    शुक्रबार, कार्तिक ७ २०७७
    905
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दशैं पर्वको अवसरमा ४ दिनसम्म कोरोना संक्रमितको बारेमा गर्दैआएको नियमित पत्रकार सम्मेलन स्थगित गरेको छ ।

    मन्त्रालयले कोरोनाका बारेमा जानकारी दिन गर्दै आएको नियमित पत्रकार सम्मेलन आजदेखि पाँच दिनका लागि स्थगित गरेको छ । स्वास्थ्य मन्त्रालयका अनुसार अब कात्तिक १२ मा मात्र कोरोनाबारे नियमित पत्रकार सम्मेलन हुनेछ । बिहीबार मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले अब कात्तिक १२ गतेदेखि नियमित पत्रकार सम्मेलन हुने र थप परिमार्जन गर्ने जानकारी दिएका छन् । तर सामाजिक संजालबाट कोरोनाका बारेमा थप जानकारी तथा सूचना दिइनेछ, गौतमले भने ।

    स्वास्थ्य मन्त्रालयले २ सय ५६ दिनदेखि लगातार कोरोनाका बारेमा नियमित पत्रकार सम्मेलनबाट जानकारी गराउँँदै आएको छ । अहिलेसम्म नेपालमा १ लाख ४८ हजार ५०९ कोरोनाबाट सङ्क्रमित भइसकेका छन् । नेपालमा कोरोना सङ्क्रमणबाट ८ सय १२ जनाको ज्यान गएको छ । यस्तै १ लाख दुई हजार ८ सय २० जना सङ्क्रमणमुक्त भएका छन् । अहिले देशभर ४४ हजार ८ सय ७७ सक्रिय सङ्क्रमित रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार