Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सन्दीप लामिछानेको घोषणा- सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने


    बिहिबार, पुष २६ २०८०
    2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जबरजस्ती करणीको मुद्दामा दोषी ठहरिएका क्रिकेटर सन्दीप लामिछानेले सफाइ नपाएसम्म क्रिकेटबाट टाढा रहने स्वघोषणा गरेका छन् । बुधबार जिल्ला अदालत काठमाडौंले ८ वर्ष कैद सजाय सुनाए पछि उनले नेपाल क्रिकेट संघ (क्यान) लाई पत्राचार गर्दै कुनै पनि स्तरको क्रिकेट नखेल्ने बताएका हुन् ।

    क्यानले सन्दीपको विषयमा निर्णय लिन उनको सजाय निर्धारणको प्रतीक्षा गरेको थियो । तर, क्यानले निर्णय लिनुअघि सन्दीप आफैंले निर्णय सुनाएका हुन् । उच्च अदालतमा पुनरावेदन गरेर सफाइ पाएपछि मात्रै क्रिकेट खेल्ने मनस्थितिमा रहेको उनी निकट स्रोतले बतायो ।

    सन्दीपलाई जिल्ला अदालत काठमाडौंले जबरजस्ति करणीमा दोषी ठहर गर्दै हिजो ८ वर्षको जेल सजाय सुनाएको थियो । यद्यपि, उनी तत्काल जेल जानुपर्ने अवस्था छैन । उनले उच्च अदालतमा पुनरावेदन गर्न सक्छन् । जिल्ला अदालतले मुद्दाको पूर्णपाठ निकालेर सन्दीपले बुझेको ५० दिनभित्र पुनरावेदन गरिसक्नुपर्छ । सन्दीपले जेलबाहिरै रहेर उक्त पुनरावेदनको मुद्दा लड्न सक्ने सुविधा कानूनतः प्राप्त छ ।

    यो प्रक्रियामा केही महिना समय लाग्ने भएको हुँदा त्यतिञ्जेल सन्दीपलाई खेलाउने कि नखेलाउने भन्ने प्रश्न क्यानसामू थियो । अदालतबाट कुनै मुद्दामा दोषि प्रमाणित भएको व्यक्तिलाई तत्काल खेल्नबाट रोक्ने नेपालमा कुनै कानूनी व्यवस्था छैन । यद्यपि, नैतिक विषय भएकाले सन्दीप आफैं अलग भएका हुन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार