Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उत्कृष्ट प्रहरी सम्मान पाउने एसपी पँगेनीः मातहतका चौकीको दशैंखर्च आतंकले ब्यवसायी आजित


    बिहिबार, कार्तिक ६ २०७७
    920
    Shares
    Basu Dev Paudel
  • ३ मिनेट पाठ
  • बीरगंज–पथलैया औद्योगिक करिडोर र उत्कृष्ट प्रहरी सम्मान लिंंदै एसपी कृष्ण पँगेनी 

    बारा । यो बर्षको प्रहरी दिवसका अवसरमा प्रदेश नम्बर २ कै उत्कृष्ट प्रहरीका रुपमा नगद पुरस्कारसहित सम्मानित भएका बाराका एसपी कृष्ण पँगेनीलाई पुरस्कार लिएको ४८ घन्टा नबित्दै उनीमातहतका युनिट इन्चार्जले वीरगंज–पथलैया औद्योगिक करिडोरस्थित उद्योगीसँग दशैंखर्च मागेर दुःख दिएको आरोप लागेको छ ।

    बाराका एसपी पँगेनी २०७७ असोज ३० मा ६५ औं प्रहरी दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रदेशकै उत्कृष्ट जिल्ला इन्चार्जका रुपमा सम्मानित भएका थिए । उनीमात्र होइन, बाराका डीएसपी गौतम मिश्र पनि प्रहरी दिवसमा पुरस्कृत भएका थिए । तर पँगेनी र मिश्र सम्मानित भएको ४८ घन्टा पनि नबित्दै वीरगंज–पथलैया औद्योगिक करिडोरस्थित औद्योगिक प्रतिष्ठानका संचालकसँग ‘दशैंखर्च’ मागेर सास्ती दिएको आरोप लागेको छ ।

    औद्योगिक करिडोरका व्यवसायीहरुले प्रहरी चौकीहरूले पर्सा, बाराका विभिन्न औद्योगिक प्रतिष्ठानसँग दशैँ खर्च भन्दै रकम मागेर दुःख दिने गरेका छन् । सादा पोशाकका घुमुवा पठाएर दशैंखर्चका नाममा रकम माग्ने गरेको गुनासो ब्यवसायीले गरेका समाचार नै सार्वजनिक भएको छ । एसपी पँगेनी मातहतका प्रहरी चौकीका इन्चार्जमाथि प्रहरी आचरण विपरीत काम गरिरहेको आरोप लाग्दा एसपी पनि त्यसबाट अछुतो रहन नसक्ने स्रोत बताउँछ । स्रोतका अनुसार एसपीको ंसंरक्षण नभएसम्म हाकाहाकी ब्यवसायीसँग दशैंखर्च मातहतका इन्चार्जले माग्न सक्दैनन् ।

    वडा प्रहरी कार्यालय श्रीपुर, प्रहरी चौकी परवानीपुर, अस्थायी प्रहरी पोस्ट गण्डक, ईलाका प्रहरी कार्यालय जीतपुर, ईप्रका सिमरालगायतका टोलीले बारा, पर्साको विभिन्न उद्योगबाट अहिलेको समयमा दशैँ खर्च असुल्ने गरेको उद्योगीले गुनासो गरेका छन् ।

    ]यसैगरी, प्रहरीले किसानले साइकल वा मोटरसाइकलमा धान वा अन्य बालीका लागि भारतमा सस्तोमा ल्याएको डीएपी मल बरामद गरेर दुःख र सास्ती दिने गरेको गुनासो छ । नेपाल सरकारले धान पाक्ने मौसममा पनि मलको ब्यवस्थापन गर्न नसकेपछि किसानहरु बाराको बरामटिअर्वा, सिम्रोनगढ, कचौर्वाल जस्ता नाकाबाट भारतीय रासायनिक मल भित्र्याउन बाध्य छन् । नेपालमा १५ सय पर्ने डीएपी मल भारतीय बजारमा बढीमा ९ सय नेपाली रुपैयाँमा पाइने भएकाले पनि किसानहरु उतैबाट ल्याउँछन् । तर किसानले ल्याएको २–४ बोरा मल बरामद गरी प्रहरीले दुःख दिने गरेको छ । तर ट्रकका ट्रक हुने तस्करीको सामान न्यून भन्सार तिरेर भित्रिरहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार