Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न सरकारको आग्रह


    बिहिबार, कार्तिक ६ २०७७
    925
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • सरकारले कात्तिक ७ गते (भोलि) देखि विज्ञापनरहित विदेशी च्यानल प्रसारण गर्न टेलिभिजन सेवा प्रदायकहरुलाई आग्रह गरेको छ ।

    बिहीबार सिंहदरबारमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्ने कार्यक्रममार्फत सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कात्तिक ७ गते देखि क्लिनफिड सहितका विदेशी च्यानल प्रसारण गर्न आग्रह गरेका हुन् । 

    नेपालमा विज्ञापन नियमन गर्ने ऐन २०७६ लागू गर्ने अवधि २०७७ कात्तिक ७ गते सम्म रहेकोले उक्त दिनदेखि क्लिनफिडलाई पूर्णरुपमा लागू गर्न आग्रह गरेका हुन् ।

    २०७६ कात्तिक ८ गते विज्ञापन नियमन गर्ने ऐन लागू भएको थियो । त्यसको ठिक एकवर्ष देखि क्लिनफिड लागू हुने व्यवस्था ऐनमा रहेकाले २०७७ कात्तिक ७ गते भित्र विदेशी च्यानलमा विज्ञापन रहित क्लिनफिड प्रसारण गर्नुपर्नेछ । क्लिनफिड कार्यान्वयनमा आए नआएको सम्बन्धमा विज्ञापन बोर्डले अनुगमन गर्नेपनि मन्त्री गुरुङ्ले स्पस्ट पारे। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार