काठमाडौं । काठमाडौंमा उपत्यकामा बिहीबार थप १५ सय ५२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
बिहीबार गरिएको परीक्षणमा काठमाडाैंमा १२ सय ८३ जना, ललितपुरमा १ सय ५७ जना र भक्तपुरमा १ सय १२ जना जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।
यस्तै बिहीबार देशभर ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण देखिएको छ भने ३ हजार २ सय १५ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन्।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५ सय ९ पुगेको छ।