Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • हङकङमा नेपाल एयरलाइन्सलाई दोस्रोपटक प्रतिबन्ध


    बिहिबार, कार्तिक ६ २०७७
    785
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल एयरलाइन्सलाई हङकङमा दोस्रोपटक प्रतिबन्ध लागेको छ । यसअघि पनि नेपाल एयरलाइन्सले लगेको यात्रुमा कोरोना पुष्टि हुँदा दुई हप्ताको प्रतिबन्धमा परेको थियो । अहिले पनि सोहीकारणले नेपाली राष्ट्रिय ध्वजाबाहक प्रतिबन्धमा परेको छ । यो प्रतिबन्ध  नोभेम्बर ४ सम्म लागू हुने बताइएको छ।

    काठमाडौंबाट नेपाल एयरलाइन्स चढेर आएका ९ यात्रुमा कोरोना देखिएको हो । 

    गत अक्टोबर ३ मा नेपाल एयरलाइन्स चढेर हङकङ पुग्ने ६ जनामा कोरोना देखिँदा पनि यस एयरलाइन्सले दुईहप्ताको प्रतिबन्ध झेलेको थियो। सो प्रतिबन्ध चार दिनअगाडिमात्र फुकुवा भएको थियो। उडान फेरि सुरु भएपनि यो प्रतिबन्धको कारण नेपाल एयरलाइन्स थप दुई हप्तासम्म हङहङ जान नपाउने भएको छ । 

    हङकङको सुरुवा रोग रोकथाम केन्द्रका प्रमुख डाक्टर चुआङ सुक–क्वानले नेपाल एयरलाइन्सबाट आएका ९ जनामा कोरोना देखिएको पष्टि गरे। 

    नेपालबाट जुनसुकै देशमा जाने यात्रुले पीसीआर रिपोर्ट नेगेटिभ भएको प्रमाण पेश गर्नुपर्ने प्रावधान छ। यसअघि यात्रुको असावधानिका कारण यस्तो घटना भएको भनिएपनि अहिले भने नेपालको ल्याबको परीक्षण गुणस्तरमा शंका उब्जेको छ । 

    हङकङ यो खालको परीक्षणको लागि अब्बल राष्ट्र मानिन्छ । 

     
    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार