काठमाडौं । नेपाल राष्ट्र बैङ्कले २ अर्ब रुपैयाँ बराबरको नयाँ नोट बजारमा पठाएको छ । राष्ट्र बैङ्कले २० रुपैयाँ दरको नयाँ नोट बिहीबारदेखि बजारमा पठाएको हो ।
नयाँ नोट बैंकहरुमार्फत सर्वसाधारणकोमा पुग्ने बताइएको छ । यसरी नयाँ नोट बजारमा पठाइएपनि अघिल्ला वर्ष झैं यो वर्ष राष्ट्र बैंकले सबै दरका नयाँ नोट भने बजारमा पठाएको छैन । नयाँ नोट बिस्तारै बैंकिङ च्यानलबाट पठाइने भएको छ ।
सर्वसाधारणको भीडभाड हुनसक्ने जोखिम भएकाले यो वर्ष सबै दरका नयाँ नोट बजारमा नपठाइएको राष्ट्र बैंकले यसअघि जनाइसकेको छ ।
दशैं लक्षित नयाँ नोट नपठाएपनि राष्ट्र बैंकले नियमित रुपमा ती नोटहरु पठाउने जनाएको छ ।