Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • साँखुमा टेम्पो दुर्घटना हुँदा एकको मृत्यु


    बिहिबार, कार्तिक ६ २०७७
    880
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • साँखु । शङ्खरापुर नगरपालिकाको साँखुमा टेम्पो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परी काभ्रेको मण्डनदेउपुर नगरपालिका निवासी प्रह्लाद बस्ताकोटीको घटनास्थलमै मृत्यु भएको महानगरीय प्रहरी प्रभाग साँखुका प्रहरी निरीक्षक जानुका खरेलले जानकारी दिनुभयो ।

    १३५७ अस्थायी नम्बरको नयाँ टेम्पो साँखु–कात्तिके सडकखण्डको लम्बुडाँडा मोडबाट २०–२५ मिटर तल खसेको थियो । दुर्घटनामा चार जना घाइते भएका छन् । घाइते सबैको अवस्था सामान्य रहेको खरेलले बताउनुभयो । घाइतेको साँखुस्थित पिपुल्स लाइफ केयर अस्पतालमा उपचार भइरहेको प्रहरीले जानाएको छ । रासस

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार