Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • बी-स्योर ल्याबले पायो पीसीआर परीक्षण अनुमति


    बिहिबार, कार्तिक ६ २०७७
    975
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रदेश नं १ मा कोरोना संक्रमणको परीक्षण गर्ने संस्था थपिएको छ । विराटनगर-४ स्थित बी-स्योर प्याथ ल्याब तथा डायग्‍नोस्टिक सेन्टरले पोलिमरेज चेन रियाक्सन (पीसीआर) परीक्षण गर्ने अनुमति पाएको हो । 

    राष्ट्रिय जनस्वास्थय प्रयोगशाला, टेकुबाट ल्याबले पीसीआर परीक्षण अनुमति पाएको ल्याबकी प्रमुख कन्सल्टेण्ट प्याथोलोजिष्ट डा. मुकुन्दा शर्माले जानकारी दिइन् । 

    सबै मापदण्ड पूरा गरेको ल्याबलाई एक वर्षसम्मको लागि पीसीआर परीक्षण अनुमति दिइएको हो । 

    योसँगै अब प्रदेश १ मा पीसीआर परीक्षण थप सहज हुने डा. शर्माले बताइन् । डा. शर्माले सर्वसाधारणलाई छिटोछरितो सेवा दिनका लागि ल्याबले कुनै कसर बाँकी नराख्ने पनि बताइन् । 

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार