काठमाडौँ । भोजपुरी फिल्म क्षेत्रका स्थापित निर्माता भरत साहले नेपाली र मैथली भाषाको गीत एउटै म्युजिक भिडियोमा प्रस्तुत गरेका छन् । शब्द सरोज मण्डल, सरोज सन्त र निकिता थारुको स्वर रहेको गीतमा संगीत राजीव शाहले भरेका छन् ।
यस्ता खाले भिडियो कमै बन्ने गरेको भए पनि दर्शक रुचिको हुने गरेको निर्माता तथा मोडल भरत साहले बताएका छन् । साहलाई तुलसा साहले अभिनयमा साथ दिएकी छन् । ‘तिम्रो दिलमा छ मेरो नाम….’ बोलको गीतको भिडियो निर्माता, निर्देशक भरत साहको आफ्नै च्यानलमार्फत् सार्वजनिक गरेका छन् । निकट भविष्यमै मैथली फिल्म निर्माण गर्ने तयारीमा रहेका साहले आफ्नै श्रीमतीलाई ‘तिम्रो दिलमा छ मेरो नाम….’ को भिडियोमा अभिनय गराएका छन् ।
भिडियोका लागि क्लीक गर्नुहोस्ः