Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • नगरप्रमुखसहित १८ कर्मचारीमा कोरोना संक्रमण


    बुधबार, कार्तिक ५ २०७७
    755
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • कपिलवस्तु । कपिलवस्तु नगरपालिका प्रमुख किरण सिंहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएकाे छ ।

    नगर प्रमुखसहित नगरपालिकाका १८ कर्मचारीको गत शुक्रबार स्वाब संकल गरी प्रादेशिक अस्पताल बुटवल पठाइएकोमा सबै जनाको रिपोर्ट पोजिटिभ देखिएको नगरपालिकाका स्वास्थ्य संयोजक उमेश गुप्ताले जानकारी दिए ।

    प्रमुख सिंहका श्रीमती र छोरा यसअघि कोरोना संक्रमित भएपछि उनको स्वाब संकलन गरिएको थियो । प्रमुख सिंहले जनतासँग प्रत्यक्ष सम्पर्कमा भई काम गर्दा संक्रमित भएको बताए । उनले स्वास्थ्य अवस्था सामान्य रहेको र छिटो निको भई जनताको सेवामा खटिने बताएका छन् ।

    उनीसँगै नगरपालिकाका लेखा अधिकृत, सहायक लेखा अधिकृत, स्वास्थ्य संयोजक र नगरपालिका-६ का सचिव लगायत संक्रमित भएका छन् । यस्तै नगरपालिका ९ स्थित निग्लिहवा स्वास्थ्य चौकीमा कार्यरत ७ जना नै कोरोना संक्रमित भएका छन् ।

    कर्मचारीमा कोरोना संक्रमण देखिएपछि नगरपालिका बुधबार दिउँसोदेखि कात्तिक १५ गते सम्मका लागि बन्द गरिएको छ । त्यस्तै निग्लिहवा स्वास्थ्य चौकीसमेत बन्द गरिएका मेयर सिंहले बताए । बुधबार जिल्लामा ३६ जना कोरोना भाइरस संक्रमित थपिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार