Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जना पक्राउ


    बुधबार, कार्तिक ५ २०७७
    950
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कलैया । जिल्ला प्रहरी कार्यालय बाराले आईपीएल क्रिकेटमा सट्टेबाजी गराउने ३ जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा बाराकाे कलैया उपमहानगरपालिका-१ राजदेवी टोल बस्ने २५ वर्षाका राजुकुमार यादव, २७ वर्षका दिपक कुमार सरार्फ र मोतिबाग टोल बस्ने २९ वर्षका रबि दास रहेका प्रहरीले जनाएकाे छ ।

    कलैया उपमहानगरपालिका-१ राजदेवी टोल स्थित राजुकुमार यादवको घरमा किङ्गस इलेभन पंजाब र दिल्ली क्यापिटल्स टिमबिचको खेलमा सट्टाबाजी खेलाइरहेकाे बिषेश सूचनाकाे आधारमा खटिएकाे प्रहरी टाेलीले उनीहरूलाई नियन्त्रणमा लिएकाे हाे ।

    उनीहरूकाे साथबाट सट्टेबाजी खेल्न प्रयोग गरेको बिभिन्न बैंकको चेक, एक लाख सतहत्तर हजार पचास रूपैया नगद, २ थान मोबाइलसमेत बरामद गरिएकाे प्रहरीले जनाएकाे छ।

    पक्राउ परेका तीनै जनाबिरूद्ध सट्टेबाजी मुद्दा अन्तर्गत जिल्ला अदालत बाराबाट अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएकाे छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार