Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • लागूऔषधसहित चार जना परे प्रहरीकाे फन्दामा


    बुधबार, कार्तिक ५ २०७७
    1.4K
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । शसस्त्र प्रहरी बल (एपीएफ)ले २ केजी लागूऔषधसहित चार जनालाई पक्राउ गरेकाे छ ।

    पक्राउ पर्नेमा धादिङका २७ वर्षीय मनिष कुँवर, मकवानपुरका २२ वर्षीय सबिन आलेमगर, तनहुँका २७ वर्षीय अजितकुमार श्रेष्ठ र काठमाडौंका ३६ वर्षीय राजकुमार रोक्का रहेका प्रहरीले जनाएकाे छ।

    एपीएफको इन्टलिजेन्स ब्युरोको टोलीले उनीहरूलाई ललितपुरको गोदावारीबाट प्रतिबन्धित लागू औषध पोलेन २ केजीसहित पक्राउ गरेर नेपाल प्रहरीलाई बुझाएको हाे ।

    उनीहरुको साथबाट नोफिन, डाइजेल्याबको १ सय ५० सेट पनि बरामद भएको प्रहरीले जनाएकाे छ। 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार