Nepal Face
  • शनिबार, ८ कार्तिक २०८३
  • शिवपुरी निकुन्जमा होटल संचालन अनुमतिः सांसद खड्काको गुण्डागर्दीसामु नियम कानुनमै करौंती


    शुक्रबार, पुष २० २०८०
    4.5K
    Shares
    नेपाल फेस
  • ४ मिनेट पाठ
  • काठमाडौं । पूर्वमन्त्री तथा नेपाली कांग्रेसका सांसद दीपक खड्काले वन तथा वातावरण मन्त्रीदेखि सचिवसम्मलाई तर्साएर शिवपुरी राष्ट्रिय निकुन्जभित्रको मध्यवर्ती क्षेत्रमा होटल संचालनको अनुमति लिएका छन् ।

    चितवन राष्ट्रिय निकुञ्जभित्र वन्यजन्तु संरक्षण र जैविक विविधताको मुद्दा उछालेर ११ बर्ष अघिसरकारले संचालनमा रहेका होटलहरु बन्द गरेको थियो । २०६९ सालसम्म चितवन निकुञ्जभित्र टाइगर टप्स, मचान वाइल्ड लाइफ रिसोर्ट, चितवन जंगल लज, आइल्यान्ड जंगल रिसोर्ट र टेम्पल टाइगर रिसोर्ट गरी पाँच होटल सञ्चालनमा थिए । तर वन्यजन्तु संरक्षण र जैविक विविधताको मुद्दा उछालेर ती होटल बन्द गरिए । चितवन राष्ट्रिय निकुन्जभित्र अरबौं रुपैयाँ लगानी गरी खोलिएका होटल बन्द गरेको वन मन्त्रालयले शिवपुरी राष्ट्रिय निकुन्जमा भने सांसद खड्काको धम्कीसँग डराएर अनुमति दिएको छ ।

    सांसद खड्काले पाँचतारे होटलको पूर्वाधार निर्माणअघि वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) नगराई निर्माण सुरु गरेका थिए । राज्यका निकायको अनुमति नलिई होटल निर्माण गर्ने खड्काले शक्तिको आडमा वन मन्त्री वीरेन्द्र महतो र सचिव दीपक खराललाई धम्की दिएर होटल संचालनको अनुमति लिन सफल भएका छन् ।

    शिवपुरी निकुन्जको मध्यवर्ती क्षेत्रको उक्त जग्गामा अरु कसैले इआईए नै नगरी होटल निर्माण गरेको भए उसमाथि कडा कारबाही हुन्थ्यो,तर दीपक खड््काले सयौं रोपनी निकुन्जको जग्गामा इआईए नै नगरी होटल बनाउँदा पनि उनले वन मन्त्रालयका कर्मचारीलाई थर्काएर अनुमति लिएका छन् । इआईए नै नगरी होटल निर्माण गरेपछि कांग्रेस सांसद दीपक खड्काको कम्पनीलाई वन मन्त्रालयले पाँच लाख जरिवाना तिराएको थियो ।

    १० हजार वर्गमिटर क्षेत्रफलभन्दा बढीको बिल्डअप एरिया र २० हजार लिटरभन्दा बढी दैनिक भूमिगत पानीको प्रयोग हुने होटल भवन निर्माण गर्दा इआईए समेत नगरी सांसद खड्काले सरकारी ऐेन कानुनलाई चुनौती दिएका थिए ।

    २ अर्ब ९७ करोड रुपैयाँ लागत अनुमान गरिएको उक्त होटल निर्माणको रकमको स्रोत सांसद खड्काले कहाँबाट कसरी आर्जन गरे ? कांग्रेसभित्रै चर्चाको बिषय बनेको छ । खड्काको जलविद्युतसँगै होटल क्षेत्रमा लगानी छ । उनी मेन्चियम हाइड्रोपावर लिमिटेड र होटल इस्टर्न नेपाल प्रालिका अध्यक्षसमेत हुन् ।

    शिवुरी निकुञ्जमा पाँचतारे होटल बनाउन स्वीकृति दिने क्रममा के कस्ता खेल खड्काले खेले ? चितवन राष्ट्रिय निकुन्जमा संचालन भइरहेका होटल बन्द गर्ने, शिवपुरी निकुन्जमा कसरी स्वीकृति दिइयो ? वन मन्त्रालयले खड्कालाई होटल खोल्न अनुमति के आधारमा दियो ? यो समेत खोजीको बिषय भएको छ ।

    कांग्रेसको सांसद र पार्टीको नेताको आडमा मन्त्रीको चेम्बरभित्र कर्मचारीसँग गुण्डागर्दीको शैलीमा प्रस्तुत भएकै आधारमा निकुन्जभित्र होटल बनाउन दिने हो भने भोलि सबैले खड्काकै पथ अनुशरण गरेमा के गर्ने ? यो प्रश्न उठेको छ । पैसा छ र लगानी गरेको भन्दैमा जहाँ जे पनि स्वीकृति दिन दबाब दिने हो भने कर्मचारीहरुले कसरी काम गर्छन् ? भोलि अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता निकायले छानबिन गरेमा कर्मचारीले जवाफदेही हुनुपर्छ ।

    वनमन्त्री डा. वीरेन्द्रप्रसाद महतोको निर्णयअनुसार इएआई नगरी निर्माण गरेको होटललाई पाँच लाख जरिवाना तिराइएको थियो । तर तिनै मन्त्री महतोले खड्काको गुण्डागर्दीको पक्षपोषण गर्दै कर्मचारीले असहयोग गरेको भन्न पछि परेनन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार