चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ । पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन् । उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जमा अहिले तीन÷चार वटा समूह आएको पाइएको छ ।” आठ÷१० वटाको समूहमा हात्ती आउने गरेका उहाँले बताउनुभयो ।
निकुञ्जमा जङ्गली हात्ती विभिन्न क्षेत्रबाट आएकाले निकुञ्ज आसपास बसोबास गर्ने जनतालाई सतर्कता अपनाउन सूचना अधिकारी थापामगरले आग्रह गर्नुभयो । यसरी समूहमा आएका हात्तीले धानबाली नष्ट गर्ने, घर टहरा भत्काउनेजस्ता कार्य गर्ने भएकाले रातको समयमा एक्लै नहिँड्न उहाँले आग्रह गर्नुभयो । रातको समयमा सकेसम्म बाहिर नहिँड्न र हिँड्नै परे समूहमा टाढासम्म उज्यालोमा हिँड्न उहाँले आग्रह गर्नुभयो ।
जङ्गली हात्ती आएमा नजिकको सुरक्षा निकाय वा निकुञ्जमा खबर गर्न सूचना अधिकारी थापामगरले आग्रह गर्नुभयो । जङ्गली हात्तीलाई तर्साउन खोज्दा धनजनको क्षति हुनसक्ने उहाँको भनाइ थियो । निकुञ्जले हात्तीले दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह (रेपिड रेस्पोन्स टिम) तयार गरेको छ । मानवीय क्षति हुनसक्ने अवस्था आएमा हवाई फायरसम्म गर्नसक्ने गरी टोली तयार गरिएको उहाँले जानकारी दिनुभयो ।(रासस)
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend