चितवन । चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको समूह आउन थालेको छ । पूर्वी नेपाल, चुरे क्षेत्र हुँदै समूहमा हात्तीहरु आउन थालेका हुन् ।
निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसर अघिल्ला वर्षमा कात्तिकको अन्तिम सातामा आउने गरेको भए पनि यस वर्ष केही छिटो जङ्गली हात्तीका समूह निकुञ्ज प्रवेश गरेका हुन् । उहाँले भन्नुभयो, “चितवन राष्ट्रिय निकुञ्जमा अहिले तीन÷चार वटा समूह आएको पाइएको छ ।” आठ÷१० वटाको समूहमा हात्ती आउने गरेका उहाँले बताउनुभयो ।
निकुञ्जमा जङ्गली हात्ती विभिन्न क्षेत्रबाट आएकाले निकुञ्ज आसपास बसोबास गर्ने जनतालाई सतर्कता अपनाउन सूचना अधिकारी थापामगरले आग्रह गर्नुभयो । यसरी समूहमा आएका हात्तीले धानबाली नष्ट गर्ने, घर टहरा भत्काउनेजस्ता कार्य गर्ने भएकाले रातको समयमा एक्लै नहिँड्न उहाँले आग्रह गर्नुभयो । रातको समयमा सकेसम्म बाहिर नहिँड्न र हिँड्नै परे समूहमा टाढासम्म उज्यालोमा हिँड्न उहाँले आग्रह गर्नुभयो ।
जङ्गली हात्ती आएमा नजिकको सुरक्षा निकाय वा निकुञ्जमा खबर गर्न सूचना अधिकारी थापामगरले आग्रह गर्नुभयो । जङ्गली हात्तीलाई तर्साउन खोज्दा धनजनको क्षति हुनसक्ने उहाँको भनाइ थियो । निकुञ्जले हात्तीले दुर्घटना निम्त्याउन सक्ने भन्दै नेपाली सेनासहितको द्रुत प्रतिकार्य समूह (रेपिड रेस्पोन्स टिम) तयार गरेको छ । मानवीय क्षति हुनसक्ने अवस्था आएमा हवाई फायरसम्म गर्नसक्ने गरी टोली तयार गरिएको उहाँले जानकारी दिनुभयो ।(रासस)
वीरगन्ज। वीरगन्जस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित क्यासिनोबाट प्रहरीले ५ जनालाई पक्राउ गरेको छ। वीरगन्ज महानगरपालिका वडा नम्बर १४ गण्डकस्थित क्लार्क रिसोर्ट होटलमा सञ्चालित रोयल...
सुनसरी । सुनसरीमा प्रहरीले एम्बुलेन्समा लोड गरिएको अवस्थामा ५७४ किलो ८७० ग्राम गाँजा बरामद गरेको छ। जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार सोमबार बिहान उज्यालो हुनुअघि...
काठमाडौँ। जनआस्थाका प्रधान सम्पादक किशोर श्रेष्ठलाई प्रहरीले फेरि पक्राउ गरेको छ। पत्रकार श्रेष्ठलाई नेपाल प्रहरीको साइबर ब्युरोको टोलीले आज बिहान नक्खुस्थित घरमै पुगेर नियन्त्रणमा लिएको...
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले जनतालाई केन्द्रमा राखेर काम गर्न सुरक्षा निकायलाई निर्देशन दिएका छन् । शुक्रवार ७१ औं प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै...
काठमाडौँ । मलेसिया जाने नेपाली कामदारको स्वास्थ्य परीक्षण तथा बायोमेट्रिक गर्ने संस्थाका सञ्चालक पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले मलेसिया जाने कामदारको बायोमेट्रिक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend