Nepal Face
  • सोमबार, ११ साउन २०८३
  • राप्रपा अध्यक्ष लिङ्देन मलेसिया प्रस्थान


    शुक्रबार, पुष २० २०८०
    2.4K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका छन् । नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी मलेसिया प्रस्थान गरेका हुन् ।

    भ्रमणको क्रममा उनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।

    मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेकाे बताइएको छ । मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने ठुलो सङ्ख्याको किरॅाती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन गर्नेछन् ।

    यसैगरी जनवरी ७ तारिखमा होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्नेछन् । यसैगरी अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कने छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार