काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन बिहीबार राति मलेसिया प्रस्थान गरेका छन् । नेपाली एकता समाज मलेसियाको निमन्त्रणामा समाजको भेलालाई सम्बोधन गर्न उनी मलेसिया प्रस्थान गरेका हुन् ।
भ्रमणको क्रममा उनले मलेसियामा रहेका नेपाली समुदायसँग भेटघाट, छलफल र अन्तरक्रिया गर्ने कार्यक्रम तय भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
मलेसिया प्रस्थान गर्नुअघि अध्यक्ष लिङ्देनले उपाध्यक्ष बुद्धिमान तामाङलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरेकाे बताइएको छ । मलेसियामा रहँदा अध्यक्ष लिङ्देनले जनवरी ६ तारिखमा किरात याक्थुङ चुम्लुङको आयोजनामा हुने ठुलो सङ्ख्याको किरॅाती समुदायको स्वागत ग्रहण गर्दै सम्बोधन गर्नेछन् ।
यसैगरी जनवरी ७ तारिखमा होटल ग्राण्ड कन्टिनेन्टलमा हुने प्रवासी नेपाली एकता समाजको भेलालाई सम्बोधन गर्नेछन् । यसैगरी अध्यक्ष लिङ्देन पौष २४ गते स्वदेश फर्कने छन् ।
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend