काठमाडौं । पछिल्लो २४ घण्टामा थप २ हजार ९ सय ९६ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन्।
देशका विभिन्न आइसोलेसनबाट उनीहरू निको भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
यो सँगै नेपालमा ९९ हजार ६ सय ५ जना संक्रमित उपचारपछि निको भएका छन्। मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ६८ दशमलभ ७ प्रतिशत रहेको छ।
आज मन्त्रालयका अनुसार २० हजार १ सय १८ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १३ लाख १४ हजार ७ सय ७९ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार ४ हजार ६५ जना क्वारेन्टाइनमा छन्। नेपालमा ४४ हजार ४ सय ७६ जना संक्रिय संक्रमित भएको मन्त्रालयले जनाएको छ।