Nepal Face
  • आइतबार, १० साउन २०८३
  • परराष्ट्रमन्त्री साउद र भारतका विदेशमन्त्री जयशंकरबीच के विषयमा भयो छलफल ?


    बिहिबार, पुष १९ २०८०
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपाल भ्रमणमा रहेका भारतीय विदेशमन्त्री एस जयशंकर र परराष्ट्रमन्त्री एनपी साउदबीच आज (बिहीबार) होटल याक एण्ड यतीमा द्विपक्षीय भेटवार्ता भएको छ ।

    नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठक सुरु हुनुअघि उनीहरूबीच आज भेटवार्ता भएको हो ।

    “आज भारतका विदेशमन्त्री डा. एस जयशंकरसँग द्विपक्षीय भेट गर्न पाउँदा खुसी लागेको छ । हामीले नेपाल–भारत संयुक्त आयोगको सातौँ बैठकको सहअध्यक्षता पनि गर्यौं,” परराष्ट्रमन्त्री साउदले भनेका छन् ।

    परराष्ट्रमन्त्री साउदले भारतीय विदेशमन्त्रीसँगको भेटमा नेपाल–भारत सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको जनाएका छन् ।

    “आर्थिक सम्बन्ध, कनेक्टिभिटी, व्यापार तथा पारवहन, उर्जा तथा जलस्रोत, शिक्षा तथा संस्कृति, राजनीतिकलगायत क्षेत्रगत विषयमा नेपाल–भारत सम्बन्धका विभिन्न पक्षमा छलफल भयो,” उनले भने ।

    भारतीय विदेशमन्त्री जयशंकर नेपाल–भारत संयुक्त आयोगको बैठकमा सहभागी हुन आज बिहान काठमाडौं आएका हुन् ।

    उनले काठमाडौं आएलगत्तै राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग शिष्टाचार भेटवार्ता गरेका थिए ।

    त्यस्तै उनले बिहीबार नै नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार