Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बुधबार अहिलेसम्मकै धेरै संक्रमित थपिए, ५७ सय ४३ मा संक्रमण पुष्टि


    बुधबार, कार्तिक ५ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । बुधबार २० हजार भन्दाबढीको पीसीआर परीक्षण गर्दा  ५ हजार ७ सय ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। एकै दिन थपिएको यो संख्या अहिलेसम्मकै उच्च हो। 

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा‍. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा सो संख्याका संक्रमित थपिएका हुन्। यीसहित हालसम्म संक्रमित हुनेको संख्या १ लाख ४४ हजार ८ सय ७२ पुगेको छ। 

    त्यस्तै आज २ हजार ९ सय ९६ जना कोरोनाबाट मुक्त भएका छन्। यीसहित हालसम्म कोरोनाबाट निको हुनेको संख्या ९९ हजार ६ सय ५ पुगेको छ।

    हाल देशभर सक्रिय संक्रमितको संख्या ४४ हजार ४७६  रहेको मन्त्रालयले जनाएको छ। 

    थप २६ जनाको कोरोनाबाट मृत्यु भएको छ। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ७ सय ९१ पुगेको छ। 

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार