Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • हुम्ला जिल्ला अस्पताल बन्द


    बुधबार, कार्तिक ५ २०७७
    765
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • हुम्ला । जिल्ला अस्पताल हुम्लाका एक स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएपछि जिल्ला अस्पताल हुम्लाले अनिश्चितकालका लागि सेवा बन्द  गरेको छ ।

    अस्पतालले यही कात्तिक २ गते स्वास्थ्य र  सुरक्षाकर्मी गरी १७ जनाको स्वाब संकलन गरी कोरोना परिक्षणका लागि ३ गते सुर्खेत पठाएकामा मंगलबार दुई जनामा कोरोना संक्रमण पोजेटिभ देखाएको छ ।

    तीमध्ये एक  महिला स्वास्थ्यकर्मीमा कोरोना पोजेटिभ देखिएपछि आकस्मिक र प्रसूतिबाहेक अन्य सम्पूर्ण सेवा बन्द  गरिएको जिल्ला अस्पतालका निमित्त कार्यालय प्रमुख सरिता बोहराले जानकारी दिइन्।

    अस्पतालका सूचना अधिकारी भक्ति फडेराका अनुसार अग्रपंतिमा खटिने स्वास्थ्य र  सुरक्षाकर्मीको कोरोना आशंकामा परीक्षण गर्दा एक स्वास्थ्यकर्मीसहित अर्का  एक नागरिकमा कोरोना पोजेटिभ देखिएका हो ।

    क्रमित स्वास्थ्यकर्मीको सम्पर्कमा आएका अन्यको खोजी गरेर स्वाब संकलन गरी कोरोना परीक्षण गर्नुपर्ने भएका कारण अस्पताल केही दिनका लागि बन्द गरिएको जनाइएको छ ।  

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार