एजेन्सी। पश्चिमी जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १५ जना बेपत्ता भएका छन् । उक्त भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंकामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजीकार्य जारी राखेका छन् ।
१५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ । बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।
सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ । जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् ।
वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ ।सोमबारको भूकम्पको केन्द्रविन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो ।
भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए ।
काठमाडौँ। स्पेनको टोलेडो भन्ने ठाउँमा दुई तीव्र गतिको रेल एकआपसमा ठोक्किएका छन् । उक्त दुर्घटनामा दर्जनौंको मृत्यु भएको सञ्चारमाध्यमहरूले जनाएका छन् । स्थानीय अधिकारीहरूलाई उद्धृत गर्दै...
एजेन्सी । ब्राजिलमा चौथोपटक वाममन्थी नेता लुइज इनासियो लुला डा. सिल्भा राष्ट्रपतिमा निर्वाचित भएका छन् । आइतबार भएको दोस्रो चरणको निर्वाचनमा उनले दक्षिणपन्थी उम्मेदवार फ्लाभियो...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले सम्झौता नगरे अमेरिकाले ‘एपिक फ्युरी’जस्तै अर्को सैन्य अभियान सञ्चालन गर्न सक्ने चेतावनी दिएका छन् । यद्यपि, उनले दुवै...
बेइजिङ । चीनको दुर्गम तिब्बत क्षेत्रमा बिहीबार राति गएको ७.० म्याग्निच्युडको भूकम्पमा परी कम्तीमा १६ जनाको मृत्यु भएको छ भने ४६ जना घाइते भएका...
काठमाडौँ। अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार दुबईबाट तेल अभिभ जाँदै गरेको फ्लाई दुबईको विमानमा भएको घटनाबारे इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुसँग फोनमा कुरा गरेका छन्। ट्रम्पका...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend