एजेन्सी। पश्चिमी जापानमा गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ७३ जनाको मृत्यु भएको छ भने अहिलेसम्म १५ जना बेपत्ता भएका छन् । उक्त भूकम्पले भत्किएका भवनको भग्नावशेषमा अझै धेरै मानिस फसेको आशंकामा उद्धारकर्मीले स्निफर कुकुरको सहयोगमा खोजीकार्य जारी राखेका छन् ।
१५ जना आधिकारिक रूपमा बेपत्ता रहेको बताइएको छ । बुधबार इशिकावा प्रिफेक्चर र आसपासका क्षेत्रमा ४.९ म्याग्निच्युडको भूकम्पको धक्का महसुस गरिएको थियो ।
सोमबार दिउँसो गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पपछि महसुस गरिएका परकम्पहरूमध्ये यो एक थियो । भूकम्पपछिको वर्षाले चिसो बढेको छ । जसका कारण घरबारविहीन भएका मानिसले प्रकृतिको प्रकोपको सामना गरिरहेका छन् ।
वर्षाका कारण धेरै ठाउँमा पहिरो खसेपछि उद्धारकर्मीलाई थप समस्या भइरहेको छ ।सोमबारको भूकम्पको केन्द्रविन्दु टोकियोबाट करिब ३०० किलोमिटर टाढा नोटो नजिक थियो ।
भूकम्पका कारण सुनामीको चेतावनी जारी गरिएको थियो, जसका कारण केही ठाउँमा एक मिटरभन्दा अग्लो छालहरू निस्केका थिए ।
काठमाडौँ। अमेरिका र इरानबीच फेरि तनाव सुरू भएको छ। अमेरिकाले शनिबार राति इरानमा फेरि भीषण हवाई हमला गरेपछि फेरि तनाव सुरू भएको हो। अमेरिकी केन्द्रीय...
काठमाडौँ। भेनेजुएलामा शक्तिशाली भूकम्पमा परी मृत्यु हुनेको संख्या १४ सय नाघेको छ। बुधबार बेलुकी ७.१ र ७.५ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी आइतबारसम्म मृत्यु हुनेको संख्या...
काठमाडौँ। भेनेजुएलामा प्रकृतिको डरलाग्दो प्रकोप देखिएको छ । देशमा लगातार आएका दुई अत्यन्त शक्तिशाली भूकम्पले ठूलो विनाश मच्चाएको छ। राजधानी काराकाससहित धेरै क्षेत्रमा बहुमंजिला भवनहरू...
काठमाडौँ । फिलिपिन्सको दक्षिणी टापु मिन्डानाओलाई केन्द्रबिन्दु बनाएर सोमबार बिहान ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। अमेरिकी भूगर्भ सर्वेक्षण यूएसजीएसका अनुसार भूकम्प सोमबार बिहान स्थानीय...
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग हुन सक्ने सम्भावित सम्झौताबारे आफूले चाँडै नै ‘अन्तिम निर्णय’ लिने बताएका छन् । उक्त सम्झौताले युद्धविरामको अवधि लम्ब्याउन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend