Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • कराँचीमा बम विस्फोट, ३ जनाको मृत्यु


    बुधबार, कार्तिक ५ २०७७
    910
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कराँची । पाकिस्तानको कराँचीस्थित मस्कान चौरंगी नजिक बुधबार भएको बम विस्फोटनमा कम्तीमा तीन जनाको मृत्यु भएको छ। प्रहरीका अनुसार बम विस्फोटनका कारण अरु १५ जना घाइते भएका छन्।

    इधी फाउन्डेसनका एक अधिकारीले घाइते सबैलाई स्थानीय पटेल अस्पतालमा भर्ना गरिएको जनाएका छन्। विस्फोटको प्रकृतिका बारेमा स्पष्ट भइसकेको छैन। मुबिनाका प्रहरी अधिकारीले प्रारम्भिक अनुसन्धानमा सिलिन्डर बम विस्फोट भएको बताएका छन्।

    प्रत्यक्षदर्शीले विस्फोटबाट एक भवनका साथै केही सवारी साधनमा क्षति पुगेको बताएका छन्। अघिल्लो दिन शिरिन जिन्नाह कोलोनी नजिक बस टर्मिनलको प्रवेशद्वारमा एउटा बम विस्फोटन हुँदा केही मानिस घाइते भएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार