Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • सचिव न्यौपानेले सरुवा भएको ३ महिनासम्म गाडी फिर्ता गरेनन् 


    बुधबार, कार्तिक ५ २०७७
    2.8K
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । भूमिब्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयबाट गएको साउन ५ मा सरुवा भएका सचिव केदार न्यौपानेले ३ महिनासम्म पनि गाडी फिर्ता नगरी दुरुपयोग गरेका छन् । उनी २०७७ साउन ५ मा भूमिब्यवस्था मन्त्रालयबाट अतिरिक्त समूहमा सरुवा भएका थिए । सरुवा भएपछि उनले भूमिब्यवस्था मन्त्रालयको गाडी फिर्ता नगरी दुरुपयोग गरि नै रहे ।

    अतिरिक्तमै भए पनि सचिवले गाडी सुविधा पाउँछन् । तर उनले भूमिब्यवस्था मन्त्रालयको आन्तरिक प्रशासन शाखाले पटक पटक अनुरोध गर्दा पनि गाडी फिर्ता गर्न अटेरी गर्दैआए । अतिरिक्त समूहबाट प्रधानमन्त्री कार्यालयमा पदस्थापन भएपछि उनीसँग गाडीका लागि भूमिब्यवस्था मन्त्रालयले पुनः ताकेता गर्यो । तर उनले फिर्ता गरेनन् । घरमा परिवारका लागि उक्त सरकारी गाडी तरकारी किनमेलमा दुरुपयोग गरि नै रहे । प्रधानमन्त्री कार्यालयले दिएको गाडीका अलावा उनले भूमिब्यवस्था मन्त्रालयको गाडी घरायसी काममा प्रयोग गरेका थिए ।

    सचिव न्यौपानेले ३ महिनासम्म गाडी फिर्ता नगरेको बिषय मुख्यसचिव शंकरदास बैरागीको कानसम्म पुग्यो । उनले तुरुन्त गाडी फिर्ता गर्न निर्देशन दिए । तर पनि उनले फिर्ता नगरी अटेर गरि नै रहेका थिए । २०७७ असोज २९ मा उनी उपराष्ट्रपति कार्यालयमा सरुवा भएका छन् । उपराष्ट्रपति कार्यालयमा सरुवा भएपछि पनि उनलाई ताकेता मात्र होइन, भूमिब्यवस्था मन्त्रालयका स्टोरका कर्मचारी गाडी लिन उनकै कार्यालयमा पनि पुगे ।

    भूमिब्यवस्था मन्त्रालयको आन्तरिक प्रशासन शाखाका उपसचिव टोलराज उपाध्यायले सचिव न्यौपानेले गाडी फिर्ता नगरेको स्वीकार गरे । उपाध्यायले भने–आज प्रधानमन्त्री कार्यालयको आन्तरिक प्रशासनका उपसचिवलाई चाबी छाडेर जानुभएको छ रे । स्टोरका साथीहरु गएर ल्याउँदै हुनुहुन्छ । अब यो बिषय समाचारको बिषय नबनाउँदै राम्रो होला । 

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार