Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रतितोला ८ सयले बढ्यो सुनको भाउ


    बुधबार, कार्तिक ५ २०७७
    740
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • काठमाडौं । दुई दिन स्थिर रहेको सुनको भाउ आज ८ सय रुपैयाँले बढेको छ।  

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाका ९५ हजार ५ सय रुपैयाँ कायम भएको छ। छापावाल सुनको भाउ आइतबार ९४ हजार ७ सय रुपैयाँ रहेकामा सोमबार र मंगलबार पनि सोही भाउ कायम भएको थियो।

    महासंघका अनुसार बुधबार तेजावी सुनको भाउ तोलाको ९५ हजार रुपैयाँ कायम भएको छ। मंगलबार तेजावी सुन ९४ हजार २ सयमा किनबेच भएको थियो।

    बुधबार चाँदीको भाउ ३० रुपैयाँले बढेको छ। महासंघका अनुसार मंगलबार चाँदीको भाउ १ हजार २ सय १० रुपैयाँ रहेकामा बुधबार १ हजार २ सय ४० पुगेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार