Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • कोरोना संक्रमितः नेपालबाट फुत्किए, चीनमा समातिए


    बुधबार, कार्तिक ५ २०७७
    860
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • काठमाडौं । असोज २४ गते शनिवार राती नेपाल अध्यागमन पार गरेर सिजेड ६०६८ नम्बरको उडानबाट ग्वाङ्ग्झाउतर्फ प्रस्थान गरेका दुई नेपाली यात्रु कोरोना संक्रमित पुष्टि भएपछि चिनियाँ प्रशासनले ३० र ३८ बर्ष उमेरका तिनलाई समातेर अस्पताल भर्ना गरेको छ । आफ्नो देशबाट शुरु भएको यो रोग आफैले बल्लतल्ल नियन्त्रण गरेकोमा राहत महसुस गरेका चिनियाँहरु यो घटनापछि थप चिन्तित, सशँकित बनेका छन् ।

    छिमेकी नेपालप्रति रहँदै आएको भरोसामा यो घटनाबाट आँच पुग्नसक्ने बताइन्छ । उनीहरूको सोधाइ छ– स्वास्थ्य सुरक्षा मापदण्ड पूरा नगरी नेपालका आधिकारिक निकायहरुले कोरोना संक्रमितलाई किन प्लेन चढ्न दिए ? जहाजमा अरु यात्रुलाई यो रोग सरेन या सर्न सक्दैन भन्ने के ज्ञारेण्टी ? दुई, चार हजार नगदको लोभमा विमानस्थलका कर्मचारीले यस्तो बदमासी गर्ने भएपछि नेपाल वायुसेवा निगमको जहाजलाई चाइनामा उडान अनुमति कसरी दिन सकिन्छ ? आजको जनआस्था साप्ताहिकबाट

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार