Nepal Face
  • आइतबार, १० साउन २०८३
  • दाङका  कोरोना सङ्क्रमितको मृत्यु


    मंगलबार, कार्तिक ४ २०७७
    705
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • लमही । दाङमा आज एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ । लमही नगरपालिका –५ निवासी ४३ वर्षीय पुरुषको होम आइसोलेशनमा बसेका अवस्थामा मृत्यु भएको हो ।

     सङ्क्रमितमा कमलपित्तको समस्या देखिएको जिल्ला स्वास्थ्य कार्यालय दाङका कोरोना फोकल पर्सन कमल चन्दले बताउनुभयो ।  काठमाडौंँमा उपचारपछि घर फर्किएको अवस्थामा स्वाब परीक्षण गर्दा उनमा कोरोना पुष्टि भएको थियो ।

    सङ्क्रमित पुरुष एक हप्तादेखि होम आइसोलेशनमा थिए । शव लमहीस्थित अजम्बरी सामुदायिक वनको खाली क्षेत्रमा नेपाली सेनाको टोलीले व्यवस्थापन गरेको छ ।  ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार