Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • काठमाडौंमा यसरी मनाइयाे तमु ल्होसार (तस्बिरहरू)


    आइतबार, पुष १५ २०८०
    950
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । आज (आइतबार)गुरुङ समुदायले धूमधामसँग ‘तमु ल्होसार’ पर्व मनाइरहेका छन् । हरेक १५ पुसमा गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउने गर्छन् । यो ल्होसारलाई तोला ल्होसार पनि भनिन्छ ।

    तमु भन्नाले गुरुङ समुदायलाई चिनाउँछ भने ल्होसार भन्नाले नयाँ वर्ष भन्ने अर्थ लाग्दछ । अर्थात् तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा मनाउने गर्छन् ।

    यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेसभुसा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् ।

    काठमाडौँ लगायत देशका अधिकांश स्थानमा यो पर्वको रौनक देखिएको छ । उक्त ल्होसार पर्वका अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार