काठमाडौं । कोरोना भाइरसको संक्रमणको कारण देखाउँदै दशैंको समयमा बैंकहरु बन्द हुने भएको छ । कात्तिक ७ गतेदेखि ११ गतेसम्मका लागि बैंक बन्द हुने भएको हो ।
दशैं बिदामा बैंकहरु खुला रहँदै आएकोमा यस वर्ष भने बन्द हुने बैंकर्स संघले जनाएको छ। विश्वव्यापी रुपमा कोरोना भाइरसको संक्रमण बढ्ने क्रममा ३७ सयभन्दा धेरै बैंकका कर्मचारीमा संक्रमण देखिएको संघले जनाएको छ।
कोरोना भाइरसको संक्रमणबाट बच्न धेरैभन्दा धेरै कममात्रै बैंकिङ कारोबारका लागि शाखा कार्यालयमा जान संघले सुझाएको छ। बैंकमा नोटबाट पनि संक्रमणको जोखिम उच्च हुने भएकाले डिजिटल कारोबारका लागि बैंकहरुले अनुरोध गर्दै आएका छन्। संघले सम्पूर्ण ग्राहकहरुलाई घरबाटै कारोबार गर्न सुझाएको छ।