काठमाडौं । चिकित्सा शिक्षा सुधारका माग राख्दै भदौ २९ देखि २८ दिनसम्म अनशन तोडेपछि अस्तपाल भर्ना भएका डा. गोविन्द केसी डिस्चार्ज भएका छन्। अनशन तोडेपनि उनको स्वास्थ्य निकै कमजोर भएकाले उनलाई आईसीयूमा राखेर उपचार सुरु गरिएको थियो । उनलाई १० दिनपछि डिस्चार्ज गरिएको हो ।
मंगलबार दिउँसो डा. केसीलाई अस्पतालबाट डिस्चार्ज गरिएको उनका सहयोगी प्रितम सुवेदीले जानकारी दिएका छन्।
असोज २५ गते सरकारसँग ८ बुँदे सम्झौता भएपछि डा. गोविन्द केसीले २८औं दिनमा आज अनशन तोडेका थिए। शिक्षण अस्पतालका सरसफाई सहयोगी ४६ वर्षका विकास नेपालीबाट जुस खाएर उनले अनशन तोडेका हुन्।