Nepal Face
  • आइतबार, १० साउन २०८३
  • उद्योग दर्तासम्बन्धी सबै काम एक साताभित्र सक्नेगरी योजना बनाउन प्रधानमन्त्री प्रचण्डको निर्देशन


    बिहिबार, पुष १२ २०८०
    2.6K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । आज दिउँसो सिंहदरबारमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँगको मन्त्रालयगत छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उद्योग दर्तासम्बन्धी काम एक साताभित्र सक्नेगरी योजना तर्जुमा गर्न विभागीय मन्त्री र सचिवलाई निर्देशन दिएका छन् ।

    ‘कर्मचारीलाई आवश्यक अधिकार प्रत्यायोजन गरी सशक्त निकायको रूपमा विकास गर्नुपर्नेछ’, प्रधानमन्त्रीले निर्देशन दिँदै भनेका छन्, ‘यसका साथै नयाँ उद्योग दर्ता, नवीकरण व्यवसाय दर्ता तथा जनशक्तिको भिसा लगायत व्यवस्थापनका लागि १ हप्ताभित्रमा काम सक्ने कानुन तर्जुमा र उद्योग व्यवसाय दर्ताका लागि सुरुकै बिन्दुबाट सबै प्रकारका स्वीकृतिहरू उपलब्ध हुने कुराको सुनिश्चित गर्न टाइम कार्डको व्यवस्था गर्ने विषयसमेतको कार्यान्वयनका लागि विशेष कार्ययोजना तयार गर्नुहोला।’

    त्यस्तै उनले उत्पादक तथा निर्यातकर्ताहरूले भोग्नुपरेका व्यापार सम्बन्धित समस्या र वाधाहरू हटाई व्यापार सहजीकरण गर्न अन्तरनिकाय सम्मिलित राष्ट्रिय व्यापार सहजीकरण समिति सम्बन्धी निर्देशिका तर्जुमा गर्ने कार्य प्राथमिकताका साथ गर्न पनि निर्देशन दिएका छन् ।

    ‘प्रक्रियागत झन्झटका कारण लगानीमैत्री वातावरणमा असर गरिरहेको छ। कम्पनी दर्ता सम्वन्धी कानुनी सुधार गर्नुपर्नेछ। हामीसँग अहिले एकैस्थानमा उद्योग दर्ता सम्वन्धी प्रक्रिया एकै स्थानबाट सेवा दिनका लागि कानुनी रुपमा एकल विन्दु सेवा केन्द्र पनि रहेको छ’, उनले भनेका छन्, ‘तर, अधिकार प्रत्यायोजन लगायत कानुनी संरचना नहुँदा यसको प्रभावकारी उपादेयता रहेको देखिँदैन। अब यसमा कानुनी र संरचनात्मक रुपान्तरण गरी प्रभावकारी बनाउनुपर्नेछ।’

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार