Nepal Face
  • आइतबार, १० साउन २०८३
  • प्रधानमन्त्री प्रचण्ड भारत प्रस्थान 


    आइतबार, जेष्ठ २७ २०८१
    1.5K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय समकक्षी नरेन्द्र मोदीको शपथ समारोहमा सहभागी हुन भारत प्रस्थान गरेका छन् ।

    परराष्ट्र मन्त्रालयका अनुसार प्रधानमन्त्री प्रचण्डसँग उनकी छोरी गंगा दाहाल, कानुन मन्त्री पदम गिरी र अन्य सरकारी उच्च अधिकारी पनि भारत गएका छन् ।

    तेस्रो कार्यकालका लागि प्रधानमन्त्री नियुक्त भएका मोदीले आज साँझ ७: १५ बजे शपथ लिदैछन् ।

    मोदीले निर्वाचनको परिणामपछि प्रधानमन्त्री प्रचण्डसँग कुराकानी गर्दै शपथ समारोहमा सहभागिताको लागि निमन्त्रणा गरेका थिए । प्रधानमन्त्री प्रचण्ड सोमबार स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार