गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार जनअपेक्षाअनुसार काम गरिरहेको बताएका छन् । गोरखाको बारपाक सुलिकोट गाउँपालिकाको आयोजनामा आयोजित ‘स्थानीय सरकार र सरोकारवालासँग प्रधानमन्त्री’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले सो कुरा बताएका हुन् ।
‘मेरो एक वर्षे कार्यकालमा केही रेकर्डहरू बनेका छन्, यो सरकारले मिटरब्याज पीडित गरिब, किसानलाई उहाँहरूको पीडाबाट मुक्त गराउने काम गरेको छ’ उनले भने, ‘विदेशमा रहेका नागरिकताविहीन लाखौँ युवाहरूलाई नागरिकता दिने काम भएको छ, उनीहरूलाई सामाजिक सुरक्षाकोषमा आबद्ध गरिएको छ ।’
सरकारको एक वर्षे कार्यकाल पूरा गरेको दिन मंगलबार आफूलाई जनतालाई जानकारी गराइसकेको उनले बताए । अन्य थुप्रै प्रयास समेत गरिएको उनको भनाइ छ । ‘ठुला परियोजना सुरु भएका छन्, हुनेक्रममा छन्’ उनले भने, ‘नेपाललाई विश्वमा ध्यानाकर्षण गर्ने काम भएको छ । यहाँको समस्याहरू संयुक्त राष्ट्रसँगमार्फत विभिन्न फोरममा उठाउन सरकार सफल भएको छ ।’
राजनीतिक दलबिचको एकता र सहकार्यले देशमा स्थायित्व ल्याएको उनले दाबी गरे। यसलाई बलियो बनाएर लैजाने उनको प्रतिबद्धता छ । ‘यो गठबन्धनलाई कसरी तोड्ने होला ? यो परिवर्तनलाई कसरी उल्ट्याउने भनेर लागिपरेका छन् । जनतालाई नकारात्मक कुरा मात्र देखाएर भड्काउने काम भएको छ’ उनले भने , ‘गठबन्धन झनै बलियो भएको छ । हाम्रो एकता देखेर विरोधीहरू अत्तालिएको अवस्था छ । यो गठबन्धन पाँच वर्ष जान्छ ।’
काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले आजदेखि राष्ट्रिय जागरण अभियान सुरु गर्ने भएको छ । पार्टीका प्रवक्ता प्रकाश ज्वालाका अनुसार केन्द्रीय कार्यालय पेरिसडाँडामा दिउँसो...
काठमाडौँ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘एनडि टिभी वर्ल्ड समिट २०२६’ मा सम्बोधन गर्ने भएका छन् । अन्तर्राष्ट्रिय अतिथि वक्ताका रुपमा उनी समिटमा सहभागी हुन...
काठमाडौँ। सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले व्यक्तिगत तथा पार्टीका तर्फबाट देश तथा विदेशमा रहेका नेपालीलाई विजयादशमीको शुभकामना दिएका छन्। यसपटक...
काठमाडौं। प्रधानमन्त्री बालेन शाहले परिवर्तनका लागि सोचसँगै व्यवहार पनि बदल्न जरुरी रहेको बताएका छन्। विजया दशमीको अवसरमा शुभकामना दिँदै उनले आजको दिनलाई भगवान् रामले...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend