Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बेपत्ता प्रहरी जवान साउदको शव भेटियो


    मंगलबार, कार्तिक ४ २०७७
    890
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • कञ्चनपुर। धनगढी उपमहानगरपालिका–२ को जुगेडास्थित अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान रामबहादुर साउदको शव भेटिएको छ । शनिबार रातिदेखि बेपत्ता उनको मंगलबार बिहान शव फेला परेको हो ।

    गत शनिबार राति नियमित गस्तीमा खटिएका बेला अस्थायी प्रहरी पोष्टका इन्चार्ज प्रहरी सहायक निरीक्षक (असई) गोविन्द बिक र जवान साउद बेपत्ता भएका थिए । 

    असई विकको शव आइतबार बिहान नेपाल–भारत सीमास्थित मोहना नदीमा विभत्स हत्या गरेको अवस्थामा फेला परेको थियो । 

    प्रहरी जवान साउद भने बेपत्ता थिए । विकको शव फेला परेको स्थानबाट दुई सय मिटरमाथि मोहना नदीमै साउदको शव पनि फेला परेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक मुकेशकुमार सिंहले जानकारी दिए ।

    प्रहरीले बिकको हत्यामा संलग्न गिरोहलाई पक्राउ गरिसकेको जनाएको छ । संलग्नमध्ये केही अझै बेपत्ता रहेकोले खोजी तीव्र पारिएको  छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार