Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • धरानमा उपचाररत थप तीन संक्रमितको मृत्यु


    मंगलबार, कार्तिक ४ २०७७
    610
    Shares
    Basu Dev Paudel
  • २ मिनेट पाठ
  • सुनसरी । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत थप तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा धरान–३ का ७२ वर्षीय, धरान–१७ का ६८ वर्षीय र इटहरी उपमहानगरका ५६ वर्षीय पुरुष छन् ।

    उनीहरु तीनै जनाको मृत्यु सोमबार मृत्यु भएको हो । मृतक ७२ वर्षीय पुरुषको असोज २९ गते पीसीआर जाँच गर्दा कोरोना पोजिटिभ देखिएको थियो । कोभिड अस्पतालमा बेड अभाव भएपछि उनी होम आइसोलेसनमा बसेका थिए । श्वासप्रश्वासमा जटिलता देखिएपछि उनलाई कात्तिक ३ गते कोभिड अस्पताल भर्ना गरिएको थियो ।

    यसैगरी उच्च रक्तचापको समस्या रहेका धरान–१७ का ६८ वर्षीय पुरुषको पीसीआर रिपोर्ट असोज २८ गते पोजिटिभ देखिएको थियो । उनलाई कात्तिक ३ गते कोभिड अस्पतालमा भर्ना गरिएको थियो ।

    इटहरीका पुरुषलाई कात्तिक १ गते कोरोना पुष्टि भए पनि अस्पतालमा बेड अभावले होम आइसोलेसनमा बसेका थिए । त्यही क्रममा उनलाई श्वासप्रश्वासमा जटिलता देखिएको थियो । कोरोना पुष्टि भएको तीन दिनपछि मात्र उनले कोभिड अस्पतालमा बेड पाएका थिए ।

    तीनैजनाको शव व्यवस्थापनको तयारी भैरहेको अस्पतालले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार