Nepal Face
  • मंगलबार, २५ कार्तिक २०८३
  • भक्तपुरमा होम आइसोलेसनमै संक्रमितको मृत्यु


    मंगलबार, कार्तिक ४ २०७७
    830
    Shares
    Basu Dev Paudel
  • १ मिनेट पाठ
  • भक्तपुर । भक्तपुरको सूर्यविनायक नगरपालिका–५ कटुन्जे तीनधारेमा एक कोरोना संक्रमितको होम आइसोलेसनमै ज्यान गएको छ ।

    होम आइसोलेसनमा बसिरहेका ८१ वर्षीय पुरुषको मृत्यु भएको छ । मुटुसम्बन्धी समस्या रहेका उनको असोज २६ गते सूर्यविनायक नगरपालिकाको घुम्ती स्वाब संकलन टोलीमार्फत पीसीआर परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो ।

    त्यसयता होम आइसोलेसनमा बस्दै आएका ती व्यक्तिको सोमबार साँझ मृत्यु भएको वडाध्यक्ष राजकुमार जोशीले जानकारी दिएका छन् । जनप्रतिनिधि र प्रहरीको रोहबरमा नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गर्ने तयारी भैरहेको जोशीले बताए ।

     
     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार